मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १४ शनिबार
  • Monday, 14 July, 2025
२o७९ माघ १४ शनिबार १९:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिरमा लागेको आगोमा जलेर बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १४ शनिबार १९:o३:oo

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावामा एक बालिकाको जलेर मृत्यु भएको छ। सावाको दलैँचा भिरमा लागेको आगोमा जलेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

फुङ्लिङ नगरपालिका– २ तीनबरेबाट सावास्थित मावलीघर गएकी १५ वर्षीया सुनील थुलुङ राईको भिरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएकी बालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए।