मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १२ बिहीबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न कार्यदल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १२ बिहीबार १८:१५:००

सडक दुर्घटना न्यूनीकरण गर्न र सार्वजनिक यातायातलाई व्यवस्थित पार्न सरकारले कार्यदल गठन गरेको छ । सडक दुर्घटनाको दर उच्च बिन्दुमा रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था शाखाले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 

कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, इन्जिनियर पद्मबहादुर शाही, यातायातविज्ञ मधुसुधन आचार्य, यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि र यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डे छन् । बुधबार बसेको भौतिक मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेपछि कार्यदल गठन भएको हो । 

कार्यदलले सवारीसाधनको प्रदूषण जाँचको अवस्था, सवारी सुरक्षा, सार्वजनिक यातायातको अवस्था, दुर्घटना न्यूनीकरणलगायत विषयमा अध्ययन–अनुसन्धान गरेर प्रतिवेदन तयार पार्ने जनाएको छ । यातायात व्यवस्था विभागले दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायात व्यवस्थित गर्न मन्त्रालयलाई कार्यदल बनाउन आग्रह गरेको थियो ।

विज्ञको राय सुझावसहितको अध्ययनका लागि मन्त्रालयको यातायात व्यवस्था शाखाले कार्यदल गठन गरेको हो । कार्यदललाई सक्दो छिटो सुझावसहितको प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ । यातायात दुर्घटनाको जोखिम कम गर्न र सार्वजनिक यातायातलाई व्यवस्थित पार्न विज्ञसहितको टोलीले सुझावसहितको प्रतिवेदन तयार पारेपछि समस्या समाधानतर्फ लाग्ने मन्त्रालयले जनाएको छ ।