१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग भएन : बालकृष्ण बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:३९:oo

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गत प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताएका छन्।
 
बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानुन समाजलगायतका संस्थाले संयुक्त रूपमा आयोजना गरेको आमनिर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष बस्नेतले निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताए। 

उनले निर्वाचनअघि उम्मेदवार र दलहरूले ‘न्यु मिडिया’ तथा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग हुने हो कि भन्ने त्रासदी भएको भए पनि परिणाम त्यस्तो नभएको स्पष्ट पारे। निर्वाचन गराउन सरकारी संयन्त्रहरू प्रभावकारी देखिएको उनले उल्लेख गरे। आफूहरूले चुस्त, दुरुस्त ढंगले काम गरेकाले तुलनात्मक रूपमा कम अप्ठ्यारो भएको उनले ताए।  

उनले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरूलाई रोक्न आवश्यक परे विद्यमान कानुनहरूलाई सच्याउनुपर्ने बताए। 

ad
ad