मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Thursday, 18 September, 2025
रासस भरतपुर
२o७९ माघ १२ बिहीबार १५:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

Read Time : < 1 मिनेट
रासस, भरतपुर
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार १५:o४:oo

सहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गरेका छन्  । मन्त्री पाण्डेले बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका हुन् ।

सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । ‘निर्माण व्यवसायीलाई काम गर्नका लागि कुनै अवरोध छैन,’ मन्त्री पाण्डेले भने, ‘समस्या परेको खण्डमा सीधै हामीलाई भन्नुहोला ।’ 

उनले पश्चिम चितवनका विभिन्न वडामा जनताबाट माग भएको योजनाबारे पनि स्थलगत रूपमा जानकारी लिएका थिए । सघन सहरी तथा भवन निर्माण आयोजनाबाट भइरहेका विकास निर्माण र प्रगतिबारे पनि मन्त्री पाण्डेले जानकारी लिएका थिए ।