Skip This
भारतीय दूतावासले मनायो गणतन्त्र दिवस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १२ बिहीबार ११:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय दूतावासले मनायो गणतन्त्र दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार ११:४२:oo

काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ । बिहीबार राजदूतावासले विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौंमा आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको हो ।

सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै केही व्यक्तिलाई सम्मानसमेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीको सम्मानमा उनीहरूको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।

त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरूलाई उपहारस्वरूप पुस्तक प्रदानसमेत गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।