मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ११ बुधबार १९:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरा भूकम्पपछि विकास साझेदारसँग आकस्मिक छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ११ बुधबार १९:३७:००

बाजुरा भूकम्पका विषयमा आज गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विकास साझेदार संघसंस्थाका प्रतिनिधिहरूसँग आकस्मिक बैठक सम्पन्न गरेको छ। 

गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा भएको बैठकमा भूकम्पबाट भएका क्षतिको तत्काल विवरण संकलनदेखि भत्किएका घरहरूको पुनर्निर्माणका लागि साझेदार संस्थाहरूले के-कस्तो सहयोग पुर्याउन सक्छन् भन्नेबारेमा छलफल भएको थियो।

छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिहरूले भूकम्प प्रभावित जिल्ला र स्थानीय पालिकाहरूमा आफूहरूले गरिरहेका कामहरूका साथै भएका जनशक्ति र गर्न सकिने सहयोगका बारेमा जानकारी गराएका थिए।