मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १३ आइतबार
  • Sunday, 25 February, 2024
२०७९ माघ ११ बुधबार ११:३९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीमा एमालेबाट कसले कुन मन्त्रालय पाउने ?

Read Time : < 1 मिनेट
२०७९ माघ ११ बुधबार ११:३९:००

बागमती प्रदेश मन्त्रिपरिषदमा एमालेले थप तीन मन्त्रीको नाम टुंगो लगाएको छ । मकवानपुरका एकालाल श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ र काठमाडौंका केशव पोख्रेललाई एमालेले प्रदेश सरकारमा पठाउँदै छ ।

एकालाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ मन्त्रालय र केशव पोख्रेललाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयको जिम्मेवारीमा पठाउन लागेको हो । एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका छन् ।

मंगलबार बागमतीमा ११ मन्त्रालय बनाउने निर्णय भएकोमा एमाले र माओवादीले चार–चार तथा राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ ।