मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ११ बुधबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ११ बुधबार o८:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा २६ जातका कफी अधिकांश परम्परागत अरेबिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ११ बुधबार o८:२o:oo

नेपालमा २६ जातका कफी रहेको अनुसन्धानले देखाएको छ । नेपाल कृषि अनुसन्धान परिषद्, अन्तर्राष्ट्रिय व्यापार केन्द्र र नेपाली कफीको जातीय आनुवंशिक अनुसन्धानमा युरोपियन युनियनको सहयोगले गरिएको अनुसन्धानले २६ जातका कफी भेटिएको हो । जसमा १०४ वटा नमुना संकलन गरिएको थियो भने देशका १३ वटा कफी नर्सरीबाट झिकिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । 

संकलन गरिएका नमुनामध्ये ८० प्रतिशत परम्परागत अरेबिका जातका भेटिएका थिए । कुल नमुनामध्ये ७१ प्रतिशत बोर्बोन जात, १६ प्रतिशत इन्ट्रोग्रेस्ड (मिश्रित) जात र ३ प्रतिशत इथियोपियन पृष्ठभूमिको रहेका थिए ।यस अनुसन्धानले समेटेकामध्ये ७० प्रतिशत नमुना बोर्बोन आनुवंशिक पृष्ठभूमिका रहेको र निजी नर्सरीबाट संकलन गरिकामध्ये ९८ प्रतिशत बोर्बोन आनुवंशिक पृष्ठभूमिका रहेको देखिएको छ ।

नेपालमा रहेका कफीका जातबारे राम्रोसँग बुझ्न तथा उच्च सम्भावना भएको कफी जातिको छनोट, कलमी तथा क्लनिङमा सुधारका उपायहरूको खोजीमा यो अध्ययन सहयोगी भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ वैज्ञानिक जितनारायण चौधरीले जानकारी दिए ।

नेपालमा किसानले स्थानीयस्तरमै कफीको आफ्नै तरिकाले स्थानीय रूपमा नाम दिएको र आधिकारिक रूपमा कफीको जातको नामकरण नभएको अवस्थामा नेपालमा उपलब्ध कफीका आनुवंशिक जातका बारेमा पहिचान गर्न यो अनुसन्धान एउटा कोसेढुंगा साबित भएको उनको भनाइ छ ।

युरोपियन युनियनको इयू नेपाल टिआइपीका संयोजक डा. विदुर घिमिरेले नेपालको व्यापार क्षमता अभिवृद्धिमा गरेको सहयोग, यसको बजारीकरण र उत्पादनमा विशेष जोड दिनुपर्ने बताए ।‘बोर्बोन जातहरू जलवायु उत्थानशील रहेको र साना किसानका लागि अनुकूल रहेकाले यस जातिकै आनुवंशिक एकरूपता नेपालका लागि फाइदाजनक भए पनि यस जातका कफी छिटो कुहिने खालको भएकाले नेपालका लागि यो ठूलो जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ ।