Skip This
एमाले सांसद महासेठ भन्छन्- लक्ष्मी महतोलाई ‘अपराधी’ करार नगरियोस्
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १० मंगलबार १४:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सांसद महासेठ भन्छन्- लक्ष्मी महतोलाई ‘अपराधी’ करार नगरियोस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार १४:५७:oo

नेकपा एमालेका नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उनले राज्य र कानुनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको पगरी नलगाइदिन आग्रह गरेका हुन्।  

उनले देशमा अहिले लक्ष्मी महतोको सर्वत्र चर्चा रहेको र केही माननीयले समेत महतोलाई अपराधीको संख्या दिएको भन्दै कानुनले ठहर नगरेसम्म दोषी करार गर्न नमिल्ने धारणा राखे। 

एमाले नेता महासेठले भने, ‘के सांसद लक्ष्मी महतो साँच्चिकै अपराधी हुन् त ? संसदमा केही माननीयजीले पनि महतोका विषयमा धेरै कुरा उठाउनुभएको छ । त्यसो हो भने पुरानो सरकारले किन राज्यको प्रतिष्ठित पदक दिने निर्णय गर्‍याे । महतो अहिले हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न । यदि प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्‍याे, होइन भने आराेपमा कुनै सत्यता छैन।’

कानुनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजीकरण गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘म सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, सांसद लक्ष्मी महतो कानुनसम्मत अपराधी हुन् भने पक्राउ गर्नुहोस्, पार्टीले सहजीकरण गर्नेछ । लक्ष्मी महतोलाई अपराधी करार गरिएको छ, कानुनले अपराधी भनेर निर्णय गरेको छैन, तर संसदमा अपराधीको आरोप लगाइएको छ।’

नेता महासेठले जनकपुरमा दुई व्यक्ति (रोहितकुमार साह र विष्णुकुमार साह)को अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानुनी कारबाही गर्न माग गरे। 

अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको भन्दै सभामुखमार्फत गृहप्रशासनको ध्यानाकर्षण गराए। 

एमाले नेता महासेठले अघिल्ला सरकारले आर्थिक सुशासन र पारदर्शिता कायम गरी आर्थिक अवस्था सुधान गर्न नसकेको आरोप लगाए। उनले वर्तमान सरकारले केही गर्छकि भन्ने जनतामा आशा र विश्वास पलाएको पनि उल्लेख गरे।  

‘यो सरकारले छोटो समयमा जनतामा अलिअलि मलहम लगाउने काम गरेको छ। देशको आर्थिक सुधारका लागि प्रारम्भिक रूपमा सकारात्मक प्रयास थालिएको छ। राजनीतिक रूपमा पनि यो सरकारले प्रगति गरेको छ,’ उनले भने।