मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Saturday, 12 July, 2025
२o७९ माघ १० मंगलबार १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा दुई पुरुष मृत अवस्थामा फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार १४:३२:oo

मकवानपुरमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार मकवानपुरको कैलाश गाउँपालिका– ६ पकने र हेटौँडा उपमहानगरपालिका– १८ मा गरी दुईजना पुरुष मृत अवस्थामा फेला परेका हुन्। 

प्रहरीले सोमबार कैलाश गाउँपालिका– ६ पकने मराङसिङमा  धादिङ गजुरी गाउँपालिका– ४ भूमिढुंगाका २२ वर्षीय शंकर तामाङ रहेको बताएको छ। तामाङ स्थानीय  वीरबहादुर ब्लोनको बारीमा मृत अवस्थामा फेला परेका हुन्।

यस्तै, हेटौँडा १८ गुम्बाडाँडामुनि रहेको खोल्सामा परिचय खुल्न नसकेका अन्दाजी ४०–४५ वर्षका एकजना  पुरुष व्यक्ति मृत अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले घटनाबारे अनुसन्धान थालेको जानकारी दिएका छन्।