मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ८ आइतबार १२:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संस्थापनइतर पक्षको बैठक : कांग्रेस स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ८ आइतबार १२:५६:००

नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा पार्टीको भूमिकामाथि प्रश्न उठेको छ । आइतबार काठमाडौंमा बसेको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनबारे प्रश्न उठेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै इतर पक्षका नेता चन्द्र भण्डारीले कांग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताए । उनले पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको विषयमा बैठकमा छलफल भएको जानकारी दिए । कांग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने वा प्रतिपक्षमा बस्ने भन्नेमा स्पष्ट हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘कांग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्तिहरू छैनन् ? भन्ने कुराको प्रश्न आमकार्यकर्तामा उठ्न थालेको छ । फिनी हराइसक्यो, अझै गहुँका कुरा गर्ने ? कांग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि के पाउँछु भनेर हिँड्ने त्यही हो कांग्रेसको इतिहास ? त्यसका लागि कांग्रेस लडेको हो ? यी तमाम प्रश्नबारे जवाफ दिन बैठक बसेका हौँ,’ नेता भण्डारीले भने ।

कांग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरूलाई अपमान गर्न वा असहज बनाउन बैठक नबसेको पनि उनले स्पष्टीकरण दिएका छन् ।