Skip This
उपसभामुखको निर्वाचनमा काे-काे भएनन् सहभागी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ७ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ७ शनिबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुखको निर्वाचनमा काे-काे भएनन् सहभागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ७ शनिबार १७:५८:oo

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना निर्वाचित भएकी छिन्। शनिबार प्रतिनिधिसभाले मतविभाजनबाट रास्वपाकी रानालाई उपसभामुख चयन गरेको हो।

सत्तागठबन्धनकी उम्मेदवार रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत परेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा उपसभामुख चुन्न बहुमत अर्थात् १३८ संख्या आवश्यक पर्छ। २६४ सदस्य उपस्थित भएको बैठकमा रानाको विपक्षमा ९७ मत परेको छ भने १ सांसद तटस्थ बसेका छन्।

रानालाई रास्वपाकी सोबिता गौतमले उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेकी थिइन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीका नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए।

आज भएको उपसभामुखको निर्वाचनमा ११ जना सांसदहरू उपस्थित भएनन्। उपस्थित नहुने सांसदहरूमा वर्षमान पुन (बिरामी), कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढा, धवलशमशेर जबरा, बिनाकुमारी थनैत, मनोरमा शेरचन, राजेन्द्रप्रसाद पाण्डे, सपनाराज भण्डारी,  लक्ष्मी महतो कोइरी, टेकबहादुर गुरूङ (निलम्बित) र सभामुख देवराज घिमिरे छन्।