मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ६ सोमबार
  • Monday, 20 March, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ७ शनिबार ११:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुखले बोलाएको  सर्वदलीय बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ७ शनिबार ११:५१:००

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ। सभामुख भएपछि उनले पहिलो पटक संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएका हुन् ।

 बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।

आज प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ । त्यसैको पूर्र्व सन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाएका हुन् । घिमिरे गत माघ ५ गते १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए ।