मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ६ शुक्रबार
  • Friday, 11 April, 2025
२o७९ माघ ६ शुक्रबार १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देवकी रावत : जिल्लाकै एक्ली ‘हाकिम’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ६ शुक्रबार १६:४४:oo

जुम्लाको गुठीचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पहिलोपटक महिलाले जिम्मेवारी सम्हालेकी छिन्। जुम्लाको स्थानीय तहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृतको रूपमा देवकी रावतले जिम्मेवारी सम्हालेकी हुन्।

जुम्लामा एक चन्दननाथ नगरपालिकासहित सात गाउँपालिका छन्। जसमध्ये देवकी जुम्लाका स्थानीय तहमै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बनेकी हुन्। उनले बुधबार गुठीचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी हुन्।

रावत यसअघि जुम्लाको प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिइन्। रावतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ९४० बमोजिम यस मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी कामकाज गर्न खटाएको हो। 

यसअघि ०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकामा कान्तिका सेजुवाल मेयर पदमा पहिलो महिला निर्वाचित भएकी थिइन्। 

उनी पुरुषलाई पराजित गर्दै कांग्रेसबाट मेयर पदमा निर्वाचित भएकी थिइन्। त्यति नै वेला जुम्लामा दुर्गा बञ्जाडे पहिलोपटक महिला प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी भएर आएकी थिइन्। यस्तै, विजयाकुमारी प्रसाईं जुम्लामा दोस्रो महिला सिडिओको रूपमा आएकी थिइन्।   
 
कर्णालीमा सभामुख–उपसभामुख महिला 

कर्णाली प्रदेशको सभामुख पदमा सत्तारूढ दलका तर्फबाट एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छिन्। 

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ बहुमतले निर्वाचित भएकी हुन्। 

यस्तै, उपसभामुखमा पनि महिला नै निर्वाचित भएकी छिन्। माओवादीकी यशोदा न्यौपाने उपसभामुखमा निर्वाचित भएकी हुन्। 


 

छुटाउनुभयो की ?