सभामुख घिमिरेले परित्याग गरे एमालेको सबै जिम्मेवारी

शुक्रबार, ६ माघ, २०७९
डिजिटल संस्करण

बिहीबार सभामुखमा निर्वाचित भएका नेकपा एमालेबाट निर्वाचित सांसद देवराज घिमिरेले एमालेको सबै जिम्मेवारी त्याग गरेको जानकारी दिएका छन् ।

शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले आफ्नो पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्न आफूले एमालेको पार्टी सदस्यता त्याग गरेको जनाएका छन् ।

उनले पार्टीसम्बद्ध सांगठनिक र राजनीतिक जिम्मेवारीबाट आफू मुक्त भएको विज्ञप्तिमार्फत बताएका छन् । 

सुझावित समाचार