जसपा तत्काल सरकारमा नजाने, सभामुखबारे कांग्रेससँग छलफल गर्ने

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बुधबार बसेको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको छ। 

प्रतिनिधिसभाको सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने भएको छ। पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा कांग्रेससँग छलफल गर्ने जनाएको छ।

कांग्रेसबाट सभामुखका लागि ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन्। उनलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)ले समर्थन गरेका छन्। यता सत्तागठबन्धनको तर्फबाट सभामुखमा देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। 

सुझावित समाचार