मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ६ सोमबार
  • Monday, 20 March, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ४ बुधबार १७:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा तत्काल सरकारमा नजाने, सभामुखबारे कांग्रेससँग छलफल गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ४ बुधबार १७:३६:००

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बुधबार बसेको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको छ। 

प्रतिनिधिसभाको सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने भएको छ। पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा कांग्रेससँग छलफल गर्ने जनाएको छ।

कांग्रेसबाट सभामुखका लागि ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन्। उनलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)ले समर्थन गरेका छन्। यता सत्तागठबन्धनको तर्फबाट सभामुखमा देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।