१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : पृष्ठभूमिमा काेशी अस्पताल र कुटपिटबाट घाइते भएका डा.आकाश यादव
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार १७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जीवित नवजात शिशुलाई मृत घोषणा गरेपछि !

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२o:oo

विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवले बिरामी भएर हस्पिटल ल्याएको नवजात शिशुलाई मृत घोषणा गरिदिएपछि लफडा भएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि कोसी ल्याएको १८ दिनको नवजात शिशुलाई डा. यादवले आज बिहान राम्रोसँग स्वास्थ्य उपचार नगरी जीवित बच्चालाई मृत घोषणा गरिदिएपछि लफडा भएको हो। 

मोरङको जहदा गाउँपालिका– ३ भात्तिगन्जकी उमा मुखियाले कोसी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन्। नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी नवजात शिशुको तौल १ किलो चार सय ग्राम थियो। हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो। 

विराटनगर–८ मधुमारा माइती घर रहेको मुखियाले छोरीलाई जन्म दिएपछि माइतीमा बस्दै आएकी थिइन्। उनका श्रीमान दिलीप मुखिया हुन्। उनी एम्बुलेन्सचालक हुन् । मुखिया कोसी  हस्पिटल बाहिर बस्ने गर्दछन्।

बुधबार छोरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पतीले ८ बजे कोसी अस्पतालको आकस्मिक कक्षमा लिएर आएका थिए।

ड्युटीमा मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टीका भण्डारी थिए। उनीहरूको ड्युटी समय बिहान ८ देखि दिउँसो २ बजेसम्म हो। आकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले छोरीको स्वास्थ्य जाँच गरे। डा. यादवको भनाइ उद्धृत गर्दै शिशुका बाबु दिलीपले भने, ‘डाक्टर आकाश यादवज्यूले छोरीको सास छैन। घर लैजानू। यति भनेको खबर सुनेपछि श्रीमती उमा र आफन्तहरूको आकस्मिक कक्षबाहिर रुवावासी सुरु भयो, मैले श्रीमतीलाई समाल्न थालेँ।

‘डाक्टरले थपे, ‘त्यहीबीचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ। आकस्मिक कक्षको शय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो। छोरीले हातखुट्टा हल्लाइन्। त्यसपछि थाहा भयो। जिउँदो मेरी छोरीलाई डाक्टरको लापरबाहीले मृत भनिदिएको रहेछ,’ दिलीपले भने, ‘बिरामीको उपचारमा लापरबाही गर्ने यस्तो चिकित्सकलाई कडा कारबाही हुनुपर्दछ।’

अहिले दिलीपले छोरीको उपचारका लागि कोसी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गर्दै छन्। उनकी छोरीको अहिले एनआइसियूमा उपचार सुरु भएको छ।

‘अहिले गोल्डेन हस्पिटलमा राखेर छोरीको उपचार सुरु गरेको छु,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ।’

शिशुलाई मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट

उपचारमा लापरबाही गरी जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लागउँदै कोसी अस्पतालको आकस्मिक कक्षका डा. आकाश यादवलाई कुटपिट गरिएको छ। 

नवजात शिशुका आफन्तहरूले डा. यादवलाई कुटपिट गरेका हुन्। जिउँदै बच्चालाई मृत घोषणा गरेको भन्दै आक्रोशित भएका आफन्तहरूले यादवलाई कुटपिट गरेका थिए। कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोट लागेको छ। 
चिकित्सकमाथि आक्रमण गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एकजना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलीप मुखियाले बताए। 

कोसी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको बताइएको छ।

अहिले नवजात शिशुको आफन्त र हस्पिटल प्रशासनबीच छलफल चलिरहेको छ। कोसी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटना विषयमा बुझ्ने काम भइरहेको बताए।

‘नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्कन थिएन। सास पनि चलेको थिएन। उपचारमा संलग्न चिकित्सकले भनेका छन्। त्यस विषयमा बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापरबाही भएको पाइएपछि हस्पिटलले एक्सन लिनेछ।’


 

ad
ad