मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Friday, 28 August, 2026
कमलराज भट्ट काठमाडौं
२o७९ माघ ४ बुधबार १५:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिन ईश्वरी न्यौपाने संसद् भवनमा 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १५:४o:oo

कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिन ईश्वरी न्यौपाने संसद् भवन पुगेकी छिन्।प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थक नेकपा एसबाट प्रमुख सचेतक प्रकाश  ज्वाला र लोसपा छन्।  प्रस्तावक शर्मा र समर्थक प्रकाश  ज्वाला संसद् भवन पुगिसकेका छन्। 

न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्षमण्डलको सदस्य थिइन्।  उनले संसद्को पहिलो बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले आराम गर्दा अध्यक्षता गरेकी थिइन् । न्यौपाने यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन्।

यता सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। प्रस्तावकका रूपमा सुवासचन्द्र नेम्वाङले संसद् सचिवालयका महासचिव भरतराज गौतमसमक्ष देवराज सभामुखमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने सूचनाको प्रस्ताव बुझाएका थिए।  

घिमिरेको उम्मेदवारी प्रस्तापकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समर्थक छन्।