१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ ३ मंगलबार २२:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डा ‘डिपफ्रिज’मा राखेर राप्रपाको सत्तारोहण : कमल थापा

Read Time : < 1 मिनेट
२०७९ माघ ३ मंगलबार २२:३४:००

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डालाई ‘डिपफ्रिज’मा राखेर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले सत्तारोहण गरेको आरोप लगाएका छन् ।

मंगलबार गृहनगर हेटौँडामा भएको अगुवा कार्यकर्ता भेलामा थापाले महाधिवेशनले पास गरेको नीतिविपरीत राप्रपा सत्तामा गएको भन्दै राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्यो भन्दै प्रश्न गरे । राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा मंगलबार राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ ।

अध्यक्ष थापाले वर्तमान सत्तागठबन्धन विपरीत स्वार्थमा हिँडेका शक्तिहरूको ‘स्वार्थको गठबन्धन’ भएको दाबी गरे । ‘राजा फाल्ने, राजा चाहियो भन्ने, भ्रस्टाचार गरेर खानु आमाको रगत खानु भन्ने र ठूल्ठूला भ्रष्टाचारमा गासिएकाहरू एकै ठाउँमा उभिएका छन्,’ उनले भने, ‘सत्तागठबन्धन दलहरू विदेशीको इसारा र सत्तास्वार्थले एकै ठाउँमा उभिएका हुन् । यिनमा नैतिकता छैन ।’

उनले सत्तास्वार्थले भ्रष्टाचारको आहालमा डुब्न तयार भएकाहरू एकैठाउँमा उभिएको दाबी गर्दै जनताले आगामी दिनमा यस्ता दलको विकल्प खोज्ने दाबी गरे ।