Skip This
अमेरिकामा गोली प्रहार गरी ६ जनाको हत्या
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Tuesday, 13 May, 2025
रासस लस एन्जलस
२o७९ माघ ३ मंगलबार १५:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा गोली प्रहार गरी ६ जनाको हत्या

Read Time : < 1 मिनेट
रासस, लस एन्जलस
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १५:o६:oo

अमेरिकामा भएका गोली प्रहारका घटनामा सोमबार मात्र कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । अमेरिकाको क्यालिफोर्नियामा ती गोली प्रहार र हत्या भएका हुन् ।

क्यालिफोर्नियाको टुलारे काउन्टीमा भएको गोली प्रहारमा परेर एक १७ वर्षीया युवती र उनकी ६ महिनाकी छोरीको पनि ज्यान गएको छ ।

त्यस्तै, सोही काउन्टीमा अर्का चारजनालाई घरमै बोलाएर हत्या गरिएको बताइएको छ । एक व्यक्तिको घरमा भएको सो हत्याकाण्डमा परेर अर्का एकजना घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

ती हत्याकाण्डमा संलग्न रहेको आशंकमा दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरू कुनै समूहसँग सम्बन्धित रहेका र समूहसँगको सम्पर्कका कारण हत्या भएको अनुमान गरिएको बताइएको छ ।