१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ ३ मंगलबार ०९:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रदेश १ को रोमाञ्चक जित

Read Time : > 1 मिनेट
२०७९ माघ ३ मंगलबार ०९:१५:००

प्रदेश १ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई नौ रनले हरायो । जितसँगै समूह ‘बी’ मा प्रदेश १ ले चार अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । लगातार दोस्रो जितले प्रदेश १ को सेमिफाइलन सम्भावना बलियो बनेको छ । लुम्बिनी एक हार र एक बराबरसहित दोस्रो स्थानमा छ । समान अंकबाट मधेस तेस्रो स्थानमा छ । दुई खेल गुमाएको कर्णाली समूहको पुछारमा छ । 

संगीता चम्किइन्
बलर संगीता राईले दुई ओभरमा चार रन मात्रै खर्चेर तीन विकेट लिएपछि लुम्बिनीले पहिलो हार व्यहोरेको हो । प्रदेश १ ले प्रस्तुत गरेको ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ ओभरमा सात विकेट गुमाउँदै मात्र ५० रन बनाउन सक्यो । लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले ३१ रन बनाइन् । १७ बल सामना गरेकी लक्ष्मीले चार चौका र एक छक्का प्रहार गरिन् ।

प्लेयर अफ दी म्याच प्रदेश १ की संगीता राईले तीन विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले ९ ओभरमा चार विकेट गुमाउँदै ५९ रनको योगफल तयार पारेको थियो । प्रदेश १ की काजल श्रेष्ठले सर्वाधिक २१ रनको योगदान दिइन् । रुबिना क्षेत्रीले १७ रन र अप्सरी बेगमले १२ रन जोडे । रुबिना र काजलले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । 

सुदूरपश्चिमको दोस्रो जित
गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा दोस्रो जित निकालेको छ । पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३३ रनले हराएको थियो । जितसँगै समूह ‘ए’मा सुदूरपश्चिम दुई खेलमा चार अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलमा समान अंक भए पनि एपिएफ शीर्ष स्थानमा छ ।

लगातार दोस्रो खेलमा पराजित बागमती र गण्डकी अंकविहीन छन् । गण्डकीले प्रस्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमकी कप्तान विन्दु रावलले ४३ बलमा आठ चौकाको मद्दतमा अविजित ४६ रन बनाइन् । बलर मनीषा चौधरी चम्किएपछि गण्डकीले लगातार दोस्रो हार व्यहोरेको हो । मनीषाले चार ओभरमा एक मेडनसहित चार विकेट लिन १४ रन खर्चेकी थिइन् । पहिलो ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाउँदै ६० रन मात्र बनायो ।