१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २ सोमबार
  • Sunday, 11 May, 2025
२o७९ माघ २ सोमबार १७:१७:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

राष्ट्रपति बाइडेनलाई 'खुलापत्र' लेख्दै इरानमा अमेरिकी नागरिकले थाले आमरण अनशन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २ सोमबार १७:१७:oo

इरानको जेलमा रहेका एक अमेरिकी नागरिकले राष्ट्रपति जो बाइडेनसँग रिहाइकाे पहल गरिदन आग्रह गरेका छन्। उनले आफ्नो मुद्दालाई उच्च प्राथमिकता दिन आग्रह गर्दै सोमबारदेखि सातदिने भोक हडतालको घोषणा गरेका छन्।  

सियामक नमाजीले बाइडेनलाई लेखेको खुलापत्रमा भनिएको छ, ‘राष्ट्रपतिज्यू, तपाईंको आगामी सात दिनको समयको एक मिनेट इरानमा अमेरिकी बन्धकहरूको कष्टको बारेमा सोच्नमा समर्पित होस्। हामीलाई स्वदेश फर्काउने शक्ति अमेरिकाका राष्ट्रपतिसँग मात्र छ, त्यसैले उहाँले यसका लागि मनस्थिति बनाउनुपर्छ।’

इरानी मूलका अमेरिकी नागरिक नमाजीलाई सन् २०१५ को अक्टोबरमा इस्लाम कानुनको पालना नगरेको आरोपमा पक्राउ गरिएको थियो।

उनका पिता युनिसेफका पूर्वअधिकारी बाकरलाई उनको रिहाइका लागि उडेको वेला पक्राउ गरिएको थियो। बाकरलाई स्वास्थ्यको कारण देखाउँदै गत अक्टोबरमा इरान छोड्न अनुमति दिइसकिएको छ। 

तत्कालीन अवस्थामा उनलाई अस्थायी रूपमा रिहाइको घोषणा गरिए पनि पछि उनलाई तेहरानस्थित इभिन जेलमा लगिएको थियो। उनी त्यहाँ रहेको समय जेलमा आगलागीसमेत भएको थियो। 

सन् २०१६ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाबीच आणविक निःशस्त्रीकरण सम्झौता लागू भएपछि अन्य पाँच अमेरिकीलाई रिहा गरिएको थियो। 

उनीहरूको रिहाइको सात वर्षपछि उनले जेलमा अनशन सुरु गरेका हुन्। ओबामामा पछि डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट पछि हटे पनि थप दुई अमेरिकीलाई इरानसँगको कैँदी आदान-प्रदानमा रिहा गरिएको थियो। तर, नमाजी त्यसमा परेनन्। 

‘मलाई जेलका अधिकारीहरूले ‘तपाईंको प्यारो अमेरिका कसरी यति हृदयहीन हुन सक्छ एक होइन, दुईजना अमेरिकी राष्ट्रपतिले अरूलाई मुक्त गरे तर तपाईंलाई जेलमा नै छोडे’ भनी खिल्ली उडाउने गर्छन्,’ नमाजीले आफ्नो पत्रमा लेखेका छन्।  

बाइडेन प्रशासनले आणविक सम्झौतालाई पुनः स्थापित गर्न खोजेको थियो र जेलमा रहेका अमेरिकीहरूको रिहाइबिना यो अगाडि बढ्न नसक्ने स्पष्ट पारेको थियो। तर, बाइडेनले यो सम्झौता निकै कठिन वार्तापछि पनि प्रभावकारी नभएको स्विकारेका छन्।  

‘इरानको सरकारले सामान्यतया दोहोरो नागरिकतालाई मान्यता दिन अस्वीकार गर्दै शनिबार बेलायती नागरिक अलिरेजा अकबरीलाई मृत्युदण्ड दिने घोषणा गरेको छ। आज सारा विश्वले देख्दै छ, सत्तामा हुनेले आफ्नो मौलिक अधिकारको माग गर्नेलाई कति क्रूरतापूर्वक जवाफ दिन सक्छ,’ उनले भनेका छन्।