१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ १ आइतबार ११:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमालयन फ्यामेली हेल्थ केयर फाउन्डेसनद्वारा डोल्पा अस्पताललाई पाँच हजार डलर सहयोग

Read Time : < 1 मिनेट
२०७९ माघ १ आइतबार ११:०३:००

हिमालयन फ्यामेली हेल्थ केयर फाउन्डेसनले डोल्पा जिल्ला अस्पताललाई पाँच हजार डलर सहयोग गरेको छ ।

अमेरिकाबाट सञ्चालित उक्त संस्थाले अस्पतालको विभिन्न क्षेत्रमा सुधारका लागि भन्दै करिब पाँच लाख ७२ हजार ६ सय रुपैयाँ सहयोग गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । उक्त रकमबाट अस्पतालमा पैसाको अभावमा उपचार गर्न नसक्ने बिरामीका लागि आवश्यक  औषधि किन्न सहयोग गर्ने अस्पतालको भनाइ छ ।

उक्त सहयोग रकमबाट ‘पुअर पिपुल फन्ड’ स्थापना गरी निःशुल्क औषधाेपचारको व्यवस्था गरिने अस्पतालका डाक्टर अखण्ड उपाध्यायले बताए । 

डा. देवी स्टेट फाउन्डर रहेका उक्त संस्थाबाट प्राप्त रकमबाट हालसम्म करिब एक सय ५० बिरामीले निःशुल्क औषधि तथा परीक्षण सेवा लिएका छन् । उक्त रकमबाट अस्पतालमा खानेपानी व्यवस्थाका लागि एक हजार लिटरको ट्यांकी, बिरामीलाई २० थान कम्मल र फिल्टरको व्यवस्था गर्ने अस्पतालले जनाएको छ ।