
इरानी विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न मद्दत गर्न इरान तयार रहेको बताएका छन् । लेवनानको भ्रमणका क्रममा उनले यस्तो बताएका हुन् ।
‘हामी आधिकारिकरूपमा पुष्टि गर्न चाहान्छौं कि लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न र लेबनानी सरकारसँग भएको सहमतिअनुसार ऊर्जा उत्पादन गर्न मद्दत गर्न पूर्ण रूपमा तयार छौँ,’ अमिर–अब्दुल्लाहियनले भने ।
बेरुतमा आफ्ना लेबनानी समकक्षी अब्दुल्लाह बो हबीबसँग पत्रकार सम्मेलनमा उनले सो धारणा सार्वजनिक गरेका हुन् । अमिर–अब्दुल्लाहियनले लेबनानलाई ऊर्जा उत्पादनका लागि इन्धन उपलब्ध गराउन पनि तयार रहेको बताएका छन् ।
‘लेबनानमा हुने सुरक्षा र विकास इरानको पनि सुरक्षा र विकासको एक हिस्सा हो भन्ने हामी ठान्छौं,’ उनले भनेका छन् ।