मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
धर्मेन्द्र सेवान, गायक
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २९ शुक्रबार ११:०१:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

ब्रान्ड कन्सस छैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २९ शुक्रबार ११:०१:००

पहिरनले मानिसको व्यक्तित्व झल्काउँछ । त्यसैले पहिरन सुहाउन मात्रै लगाइँदैन, सम्मान दिन पनि लगाइन्छ । इभेन्टअनुसार पहिरन लगाउँछु । कतिपय फर्मल इभेन्टमा सुटकोट लगाएर पनि गइरहेको हुन्छु ।  विदेशमा हुने कतिपय महत्वपूर्ण कार्यक्रममा दौरा–सुरुवाल–कोट र ढाकाटोपी लगाएर गएको छु ।

पहिरनले देशलाई झल्काउँछ, माटो झल्काउँछ । पहिरन आफैँमा पहिचान पनि हो । त्यसैले कस्तो कार्यक्रममा जाँदै छु र कुन पहिरन लगाउने भन्ने कुरामा सचेत छु । अरूवेला हुडी, टिसर्ट, ट्राउजर पनि लगाइरहेको हुन्छु । 

फेसन डिजाइनरको डिजाइन र साइजमा पहिरन लगाउँदिनँ । म आफ्ना अधिकांश पहिरन आफैँ डिजाइन गर्छु । कुनै कपडा मन पर्‍याे भने किनिहाल्छु । यही ठाउँमा गएर किन्नुपर्छ भन्ने लाग्दैन । मलाई त्यो ड्रेसले आकर्षित गर्‍यो भने किन्ने बानी छ ।

तर, आफूलाई सन्तुष्ट हुने किसिमका हुनुपर्छ । मलाई यही ब्रान्ड चाहिन्छ भन्ने छैन । आफूले लगाएको कतिपय ज्याकेट, पाइन्ट, जुत्ताको ब्रान्ड पनि थाहा हुँदैन । म ब्रान्ड कन्सस छैन । महँगो र ब्रान्डेड हुँदैमा राम्रो हुन्छ भन्ने पनि होइन । पहिरन आफ्नै रोजाइमा लगाउनुपर्छ ।

अरूभन्दा फरक देखिनु मेरा लागि महत्वपूर्ण कुरा हो । गोजीमा पैसा हुँदा कुनै ड्रेसको डिजाइन र कलरले आकर्षित गर्‍यो भने किनिहाल्छु । कार्यक्रमको सिलसिलामा जाँदा हङकङ, अस्ट्रेलियालगायतका देशमा पनि सपिङ गरेको छु ।