Skip This
मकवानपुरको मनहरीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एकको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष २८ बिहीबार १८:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरको मनहरीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १८:३५:oo

मकवानपुरको मनहरी गाउँपालिकास्थित पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरीमा ट्याक्टर र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो मनहरी–६ नयाँबस्तीमा मनहरीबाट सुनाचुरीतर्फ आउँदै गरेको ना ३ त २३६८ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको बागमती प्र ०३ ००३ प ५५४२ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा चितवन खैरहनी–१० बस्ने ३५ वर्षका सुकराज बर्तौला छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका बर्तौलाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना गराउने ट्याक्टरचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।