१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Friday, 09 May, 2025
संजित परियार काठमाडौं
२o७९ पौष २७ बुधबार १५:o३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यसरी मनाइयो ३०१औँ पृथ्वीजयन्ती [फोटोफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार १५:o३:oo

पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती मनाइएको छ। पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेकी छिन्। 

३०१औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा राष्ट्रपतिसहित राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजलगायतको सहभागिता थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यस अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म र्‍याली निकालेको थियो। जयन्तीका अवसरमा बाजागाजा, शंख, घन्टध्वनिले पश्चिम मूलढोकाअघिको क्षेत्र गुञ्जायमान भएको थियो।

प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सरकारले सार्वजनिक बिदा दिएको छ। 

१७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। १७९९ चैत २५ गते पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यको राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिष्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए।