Skip This
शिक्षकलाई खेलकुदको तालिम दिन गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लबबीच सम्झौता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष २४ आइतबार १७:o८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

शिक्षकलाई खेलकुदको तालिम दिन गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लबबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार १७:o८:oo

पटिहानी फुटबल क्लब चितवनले गण्डकी विश्वविद्यालयसँग प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता गरेको छ । ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालयसँग क्लबले खेल प्रशिक्षक तालिमका लागि सम्झौता गरेको हो।

सम्झौताअनुसार जिल्लाभित्रका विद्यालयका खेलकुद शिक्षक, क्लबका सदस्यलगायतलाई माघ १८ देखि २१ सम्म तालिम प्रदान गरिनेछ। पटिहानी फुटबल क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिना र ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट प्रोग्रामका एकेडेमी कोअर्डिनेटर डा. मधुसुदन सुवेदीले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबले मंसिरमा जिल्लाको ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’को आयोजना गरेको थियो। स्थापनादेखि नै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ। अध्यक्ष तिमिल्सिनाका अनुसार सबै गरेर ३० जना यो प्रशिक्षणबाट लाभान्वित हुनेछन्। 

प्रदेश सरकारले गठन गरेको गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस् म्यानेजमेन्ट (बिएसएम) नेपालमा पहिलोपटक अध्ययन अध्यापन सुरु गरेको हो। कुनै पनि विषयमा कक्षा १२ वा नेपालमा सञ्चालन भएका सिटिइभिटी कोर्षबाट डिप्लोमा उत्र्तिण गरेकाहरूले बिएसएमको अध्ययन गर्न पाउँछन्। ४ वर्षे कोर्षको ८ सेमेस्टरअन्तर्गत अध्ययन अध्यापन हुने यो विषयले नेपाली खेलकुद क्षेत्रलाई अझ बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।