Skip This
आफ्नै घरमा आगो लगाएर आत्महत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Friday, 26 July, 2024
२o७९ पौष २४ आइतबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै घरमा आगो लगाएर आत्महत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार १६:१६:oo

दैलेखको भैरवी गाउँपालिका– ४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन्। शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका थिए।

विकले घरमा आगो लगाएपछि स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। नरेश मजदुरीका लागि भारतमा भएकै वेला उनकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन्। त्यस घटनापछि मानसिक रूपमा विक्षिप्त भएका नरेश दुई दिनअघि मात्रै घर फर्केका थिए। श्रीमती र चार छोराछोरीलाई छिमेकीको घरमा बस्न पठाई उनले आफ्नै घरमा आगो लगाएको दैलेख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिएका छन्।

‘शनिबार साँझ साढे ७ बजे आफ्नै दुईतले तीन कोठा भएको कच्ची घरमा नरेश विकले आगो लगाएको खबर आएको थियो। राति साढे ११ बजे स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो,’ प्रहरी निरीक्षक कार्कीले भने।

घर जलेर करिब तीन लाखभन्दा बढीको क्षति भएको बताइएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।