Skip This
शैक्षिक बेथितिमाथि व्यंग्य गर्दै ‘ज्ञानको चिहान’
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २१ बिहीबार १४:४१:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

शैक्षिक बेथितिमाथि व्यंग्य गर्दै ‘ज्ञानको चिहान’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार १४:४१:oo

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा विगत एक सातादेखि नाटक ‘ज्ञानको चिहान’ मञ्चन भइरहेको छ । विश्वविद्यालयमा हुने तोडफोड, तालाबन्दी, प्राध्यापक कुटपिटलगायत घटनाक्रमलाई नाटकमा समेटिएको छ ।

प्राज्ञिक संस्थामा राजनीतिक आस्था र भागबन्डाका आधारमा पदाधिकारी चयन गर्दा शैक्षिक प्रणालीमा पर्ने असरलाई व्यंग्यात्मक शैलीमा नाटकले देखाएको छ । राजनीतिक भागबन्डाको नियुक्तिका कारण शिक्षा प्रणालीले अपेक्षित रूपमा गति लिन नसकेको यथार्थलाई नाटकले प्रस्तुत गरेको छ ।

निजी विद्यालयले विभिन्न बहानामा विद्यार्थीसँग चर्काे शुल्क असुल्दै छन् । यसले गर्दा पनि आमविद्यार्थी र अभिभावक हैरान भएको यथार्थ नाटकमा देखाइएको छ । यता, अधिकांश सामुदायिक विद्यालयमा परम्परागत पाठ्यक्रम र सैद्धान्तिक पढाइ मात्रै हुने गरेको नाटकले देखाउँछ । संगीत सापकोटाको निर्देशनमा बनेको यस नाटकलाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेका हुन् ।

पञ्चा सिंहको परिकल्पनामा तयार भएको नाटकमा श्रवणसिंह रानामगर, सिन्दर धिताल, सञ्जितप्रताव मल्ल, सौभाग्यसिंह राई, पूर्णबहादुर गन्धर्व, सुनील तामाङ, विशाल देवकोटा, मौसम खड्का, दिपेश काफ्ले, प्रतिशा अधिकारी, नवीनचन्द्र अर्याल, अर्जुन दुलाल, सुचित्रा उप्रेती, विकास लामा, आनन्द क्षेत्री, नवीन प्याकुरेल, शंकर पोखरेल, उन्नतजंग उप्रेती र निशान खत्रीले अभिनय गरेका छन् ।