Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २४ आइतबार १०:२३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वैदेशिक रोजगारीमा रहेकालाई मायाखोलाको सेयर बाँडफाँड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २४ आइतबार १०:२३:००

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका आवेदकलाई छुट्याइएको सेयर बाँडफाँड गरिएको छ । एक सय रुपैयाँ अंकित दरका दुई लाख ४० हजार कित्ता सेयर बाँडफाँड भएको हो । सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट जम्मा आठ हजार आठ सय सातजना आवेदकबाट सात लाख ७४ हजार दुई सय ३० कित्ता सेयरका लागि आवेदन प्राप्त भएको प्रभु क्यापिटलले जनाएको छ । 

जसमध्ये ४७ हजार तीन सय ६० कित्ता सेयरका लागि परेका आवेदन भएको जनाइएको छ । बाँकी रहेका आठ हजार दुई सय ५७ आवेदकबाट प्राप्त सात लाख २६ हजार आठ सय ४० कित्ता सेयरको आवेदन दिन १० कित्तादेखि ३० कित्ता आवेदकलाई मागबमोजिम तथा ४० कित्तादेखि ६ हजार तीन सयसम्म आवेदन दिने आवेदकलाई ३० कित्ताका दरले सबै आवेदकलाई दुई लाख ४० हजार कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।