६ वर्षीय बालकद्वारा कक्षाकोठामै शिक्षिकामाथि गोली प्रहार

शनिबार, २३ पुष, २०७९
डिजिटल संस्करण

अमेरिकाको भर्जिनिया राज्यमा ६ वर्षीय बालकले आफ्नै गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन्। 

पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार झगडा हुँदा ती बालकले शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार रिचनेक इलिमेन्टरी स्कुलकी ३० वर्षीया शिक्षिका गोली लागेर गम्भीर घाइते भएकी हुन्। 

उनको ज्यान जोखिममा रहेको बताइएको छ। त्यति सानो शिशुले कक्षाकोठामा बन्दुक कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेकोछ। बालकलाई बाल हिरासतमा राखिएको छ। 
 

See More On

सुझावित समाचार