मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ९ बुधबार
  • Wednesday, 21 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २१ बिहीबार १४:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘समानुपातिकमा कांग्रेसलाई ठूलो क्षति’ [प्रतिवेदनसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २१ बिहीबार १४:५०:००

समानुपातिकमा ०७४ को तुलनामा चार लाख १३ हजार एक सय ६४ मत कम आएको छ। 

बिहीबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिका संयोजक आनन्द ढुंगाना र उपसमिति सहसंयोजक डा. कृष्णप्रसाद पौडेलले प्रतिवेदनबारे जानकारी गराएका हुन्। 

१४६ पेज, १७ अनुसूची लामो प्रतिवेदनलाई जनतासँग घुलमिल भएका तथा निर्वाचित उम्मेदवारले प्रतिवेदनलाई आत्मसात् गर्न समितिले निर्देशन दिएको छ। 

साथै संयोजक ढुंगानाले सामाजिक सञ्जाल र बौद्धिक वर्ग रहेको ठाउँमा पार्टीको चुनावी रणनीति परिवर्तन र युवालाई अवसर दिन सुझाव दिए। 

सहरमा स्वतन्त्र तथा नयाँ पार्टीहरूको आगमन,  ग्रामीण इलाकामा कम्युनिस्टलाई मत जाँदा पार्टीले समानुपातिकमा ठूलो क्षति व्यहोर्नुपरेको प्रतिवेदनको निष्कर्ष छ।

प्रतिवेदनकाे सारांश