मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Monday, 14 July, 2025
२o७९ पौष २१ बिहीबार १३:o६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

२७ पुससम्म कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार १३:o६:oo

कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशको नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। उनले पुस २७ गते साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

नेपालको संविधानको १६८ (१) कुनै दलको बहुमत स्पष्ट नभएकाले नेपाल संविधान धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख परियारले आह्वान गरेका छन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ जना भए बहुमत पुग्छ। प्रदेश सभामा नेपाली कांग्रेसको १४, माओवादी केन्द्रको १३, एमालेको १०, एकीकृत समाजवादीको एक, राप्रपाको एक र एक स्वतन्त्र सांसद रहेका छन्।

कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।