१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:२१:oo

चिसो बढेको छ । हिटर खरिद गर्नुअघि पहिले यसका विशेषताबारे बुझ्नु राम्रो हुन्छ । मुख्य कुरा, कोठाको झ्याल–ढोका वा भेन्टिलेसन खुला राखेर मात्रै हिटर बाल्नुपर्छ । राति सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गर्नुपर्छ ।

ह्यालोजन हिटर : यसमा रड तातेर तातो आउँछ । दुई–तीनवटा रड भएका ह्यालोजन हिटर बजारमा पाइन्छ । एक वा दुई घन्टासम्म ताप्नका लागि यो राम्रो हुन्छ । यो हिटर दुई हजारदेखि माथि पाइन्छ । यसको क्वालिटीअनुसार मूल्य निर्धारण हुन्छ । 

फ्यान हिटर : फ्यान हिटर जाडो र गर्मी दुवैमा काम लाग्छ । तातो हावा निस्कन्छ । यसले सानो कोठालाई तातो बनाउँछ । ठूलो र धेरैजनाका लागि यो हिटर खासै उपयोगी मानिदैन । १२ सयदेखि पाँच हजारसम्मको मूल्यमा यो हिटर पाइन्छ । 

आयल फिल्ड रेडिएटर हिटर : स्वास्थ्यको दृष्टिकोणबाट एकदमै राम्रो हुन्छ । यो अन्य हिटरहरूभन्दा सुरक्षित पनि मानिन्छ । यसले कोठालाई लामो समयसम्म न्यानो बनाइराख्छ । यसको मूल्य ११ देखि २७ हजार नेपाली मूल्यसम्म पर्न पाउँछ । 

कार्बन हिटर : जाडोमा कार्बन हिटर पनि निकै राम्रो हुन्छ । यो सानो बाले पनि तातो आउँछ । 

क्वार्ज हिटर : यो पनि ह्यालोजन हिटरजस्तै देखिन्छ । तर, केही ढिला तातिन्छ र ढिला सेलाउँछ । सुरक्षाका हिसाबले यो कम जोखिमपूर्ण मानिन्छ । यसको १५ देखि ३५ सयसम्म पाइन्छ । तपाईंले आफ्नो इच्छाअनुसार जुनसुकै ब्रान्डका हिटर प्रयोग गर्न सक्नुहुन्छ । तर, राति हिटर बालेर सुत्ने गल्ती कहिल्यै नगर्नुहोला । यसले दुर्घटना निम्त्याउने जोखिम रहन्छ । 

ad
ad