मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Saturday, 12 July, 2025
२o७९ पौष १९ मंगलबार १o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शीतलहर बढेपछि महोत्तरीका दश स्थानीय तहका विद्यालयमा बिदा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार १o:o३:oo

विगत केही दिनदेखि महोत्तरीमा शीतलहरको प्रभाव बढ्न थालेपछि यहाका १० स्थानीय तहले विद्यालयमा जाडो बिदा दिएका छन् । शीतलहर र चिसो हावाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै स्थानीय तहले बिदा घोषणा गरेको हो। पछि अवस्था हेरेर बिदा थप गर्ने गरी स्थानीय तहले न्यूनतम चार दिनदेखि अधिकतम आठ दिनसम्मको बिदा दिएका छन् ।

जलेश्वर नगरपालिकाले आठ दिन, भंगहा नगरपालिकाले चार दिन,लोहारपट्टी नगरपालिकाले पाँच दिन,औरही नगरपालिकाले चार दिन,रामगोपालपुर नगरपालिकाले ६ दिन, बलवा नगरपालिकाले चार दिन र मनरा सिस्वा नगरपालिकाले ६ दिन बिदा घोषणा गरेका छन् भने पिपरा गाउँपालिकाले आठ दिन, समसी गाउँपालिकाले आठ दिन र सोनमा गाउँपालिकाले चार दिन बिदा घोषणा गरेका हुन् । 

हालसम्म बिदाबारे निर्णय नगरेको मटिहानी नगरपालिका बिदा दिने तयारीमा छ भने एकडारा गाउँपालिका प्रमुख मलेपमा व्यस्त रहेको कारण विद्यालयमा बिदासम्बन्धी बैठक नै बस्न सकेको छैन । तर, एकडारा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डलले आफूले एकडारामा जाडो बिदा स्वीकृत गर्न अधिकृतलाई निर्देशन दिइसकेको बताए। त्यस्तै, महोत्तरी गाउँपालिकाले समेत बिदा दिने तयारी थालेको र मंगलबार मौसमको अवस्था हेरी तत्कालै निर्णय गर्ने अधिकृत रञ्जित पाण्डेयले बताए ।