Skip This
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
२o७९ पौष १८ सोमबार १९:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार १९:११:oo

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ। प्रदेशको स्थायी राजधानी दाङस्थित प्रदेश सभा भवनमा सुरु भएको बैठकको पहिलो दिन प्रदेश प्रमुख अमिक शेरचन, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गरेका थिए।  

पहिलो दिनको पहिलो बैठकमा बोल्दै प्रदेश प्रमुख शेरचनले संघीयता कार्यान्वयन गर्न प्रदेश सभा अब्बल बनोस् भन्ने शुभकामना व्यक्त गरे। दोस्रो बैठकमा दलका नेताहरूले शुभकामना व्यक्त गर्दै प्रदेशको विकासका लागि सहकार्य सहमतिमा जोड दिएका थिए। 

प्रदेशमा पर्यटन, कृषिको विकासको राम्रो सम्भावना रहेको भन्दै सामूहिक प्रयासबाट प्रदेशको विकासमा जुट्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। यो कार्यकाल उत्कृष्ट बनाउने गरी अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ छ।

संसद्लाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता लीला गिरीले एमाले संसदीय दलका तर्फबाट शुभकामना व्यक्त गरेका थिए। कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जनताको भावनासँगै अगाडि बढ्नुपर्ने र सहमति, सहकार्यबाट प्रदेशको विकासमा जुट्नुपर्ने धारणा राखेका थिए। 

माओवादी संसदीय दलका नेता जोखबहादुर महराले जनताको जीवनमा परिवर्तन ल्याउने गरी प्रदेशको विकासमा सबैको साझा मिहिनेत र साझा प्रयासको आवश्यकता औँल्याएका थिए।

प्रदेश सभा बैठकमा अन्य विभिन्न दलका सांसदहरू आशिषकुमार चौधरी, धर्मबहादुर चौधरी, सन्तोषकुमार पाण्डेय, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवती अधिकारी र तारा थापाले सम्बाेधन गर्दै दलका तर्फबाट शुभकामना राखेका थिए। 

शुभकामना व्यक्त गर्ने क्रममा उनीहरूले प्रदेशको समृद्धिका लागि अग्रसर रहनुपर्नेमा जोड दिएका थिए। बैठकले ‘लुम्बिनी प्रदेश सभा नियमावली २०७९’ पारित गरेको छ।

प्रदेश सभाको बैठक प्रदेश सभाका जेष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा बसेको थियो। प्रदेश सभाको अबको बैठक माघ ३ गते बस्नेछ। लुम्बिनी प्रदेश सभाका १० दलको प्रतिनिधित्व छ।