मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ पौष १६ शनिबार ०९:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमावर्ती क्षेत्रमा लुटपाट गर्ने ३ भारतीय डाँका हतियारसहित पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ पौष १६ शनिबार ०९:३४:००

केही दिनदेखि कञ्चनपुरको दक्षिण बेलौरी सीमावर्ती क्षेत्रमा लुटपाट र  चोरीडकैती गर्ने भारतीय गिरोहका तीनजना पक्राउ परेका छन् ।  बेलौरी नगरपालिका १ फटैया र २ बैजुडाँडाका तीन घरमा लुटपाट गर्दै आएका तीन भारतीय नागरिक पक्राउ परेका हुन् ।  उनीहरुलाई गएराती घेराबन्दी गरेर उखुबारीमा लुकेको अवस्थामा पक्राउ गरिएको हो । फेरि लुट्न आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  स्थानीयसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेर उनीहरुलाई शनिबार बिहानतिर पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज दान बहादुर भण्डारीले हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेको बताए । इन्चार्ज भण्डारीले लुटपाटका लागि भारतबाट पाँच जना आएपनि तीन जना पक्राउ गरिएको र बाँकी दुई जना फरार रहेको बताए । उनीहरुको साथबाट एक थान पेस्तोल बरामद गरिएको छ । फरार भएकाहरुको खोजी र पक्राउ परेका तीन जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

७ पुषमा बेलौरी नगरपालिका १ फटियाका राजेन्द्र भट्टको घरमा चोरीडकैती भएको एक साता नवित्दै फेरी बेलौरी नगरपालिका २ बैजुडाँडाका दुई घरमा लुटपाट भएको थियो । भट्टको घरबाट नगद ३ लाख २० हजार सहित गरगहना लुटपाट गरेर लगेका थिए ।  ११ पुषमा भारतीय लुटेरा समुहले बैजुडाँडाका दुई स्थानीय घरमा लुटपाट गरेका थिए ।

बैजुडाँडा सीमावर्ती घर भएका प्रेमनाथ चौधरी र मनोज चौधरीको घरमा भारतीय लुटेरा समुहले लुटपाट गरेका हुन् । चौधरीद्वय परिवारले १०÷१२ जना नकावधारी भारतीय लुटेराले घरमा पसेर नगदसहित धनमाल लुटपाट गरेर लगेका थिए । लुटेरा समुहले भट्टको घरबाट नगदसहित गरगहना, ध्युसमेत लुटपाट गरेर लगेका थिए ।