मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Wednesday, 09 July, 2025
गगन अयडी बाजुरा
२o७९ पौष १५ शुक्रबार १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नगरपालिकाकाे कार्यालयमा आगजनी, जिआइजेटको गाडी तोडफोड

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार १९:२२:oo

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाकाे कार्यालयमा आगजनी भएको छ। बिहीबार राति नगरपालिकाको मुलढोका र अगाडि राखिएको जेनेटरमा आगजनी भएको हो। 

नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड भएको छ। रातको समयमा कसले अगजनी गर्‍यो भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिए। 

नगरप्रमुख जनककुमार बोहोराले नगरपालिकाको राम्रो कामप्रति प्रतिशोध साधेर आगजनी र तोडफोड भएको बताए। 

केही महिना पहिला नगरपालिकाको प्रावधिक फाटबाट ल्यापटवलगाएतका समान चोरी भएका थियो। हिजो प्राविधिकतर्फका कर्मचारी परीक्षा थिए। परीक्षामा प्रतिस्पर्धामा आउन नसकेका व्यक्तिले यस्तो गरेको हुन्सक्ने बोहोराले बताए। 

उनले भने, ‘हामीले पनि अनुसन्धान गरिरहेका छौँ। यो विषयमा कार्यपालिकाको बैठकबाटै गहन रुपमा छलफल गरेर यो घटनाका संलग्नलाई कानुनी कारबाहीमा ल्याइन्छ।’