१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

क्यान्सर केयर फाउन्डेसनलाई प्राइम बैंकले दियो उपकरणजडित भ्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२५:oo

प्राइम बैंकले क्यान्सर परीक्षणका लागि आवश्यक उपकरणजडित मोबाइल भ्यान नेपाल क्यान्सर फाउन्डेसनलाई हस्तान्तरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई भ्यान हस्तान्तरण गरेका छन् । 

गाउँ तथा सहरी क्षेत्रका महिलाहरू विशेष गरी स्तन, पाठेघरलगायतका क्यान्सरपीडित रहेका छन् । नेपाल क्यान्सर केयर फाउन्डेसनले गाउँ तथा सहरी क्षेत्रका टोल–टोलमा पुगेर महिलाहरूको स्तन, पाठेघर र ग्रिवा क्यान्सर परीक्षणमा योगदान पुर्‍याउँदै आएको छ ।

सोही कारण बैंकले परीक्षण थलोमा नै परीक्षण गर्न परीक्षण सामग्रीयुक्त मोबाइल भ्यान उपलब्ध गराउने निर्णय गरेको बैंकका अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो यो सानो सहयोगले क्यान्सर रोगको समयमै निदान गर्ने र आवश्यक उपचार गर्ने काममा सम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ ।’  

ad
ad