काठमाडौं महानगरपालिकाले बागमती नदी किनारमा अवस्थित सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ।
महानगरले बिहीबार पत्र काट्दै थापाथलीको बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको हो।
बागमती नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन पटक–पटक प्रयास गरेको र यस कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने पत्रमा उल्लेख छ।
मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गर्न महानगरले अनुरोध गरेको छ।