Skip This
लमजुङमा निःशुल्क स्वास्थ्य शिविरबाट ६७५ लाभान्वित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Thursday, 15 May, 2025
२o७९ पौष १४ बिहीबार १२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा निःशुल्क स्वास्थ्य शिविरबाट ६७५ लाभान्वित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १२:२९:oo

लमजुङको सुन्दरबजार नगरपालिका– १० स्थित धुसेनीमा बुधबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन्। सुन्दरबजार नगरपालिकास्थित एचडिसिएस नमुना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो।

स्वास्थ्य शिविरमा महिला रोगसम्बन्धी स्वास्थ्य परीक्षण, छाला रोग, दन्त रोगसम्बन्धी परीक्षण, ल्याव परीक्षण, मनोविमर्श सेवा, भिडियो एक्स–रे सेवा, जनरल परीक्षण गरिनुको साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको एचडिसिएस नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए।

सोही अवसरमा सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाद्वारा एकीकृत जनस्वास्थ्य अभियानअन्तर्गत पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर खस्ने समस्या तथा अन्य महिला रोगसम्बन्धी समस्याको उपचार सेवा दिइएको सुन्दरबजार स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले बताए। शिविरमा एक सय २० पुरुष र पाँच सय ५५ महिलाले सेवा लिएका बताइएको छ।