१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:१o:oo

सुदूरपश्चिम प्रदेशभरिकै रेफरल अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । सिटी स्क्यान सेवा सुरु भएसँगै यहाँका बिरामी लाभान्वित हुनेछन् । प्रदेश सरकारको ६ करोड ८७ लाख बजेटबाट अस्पतालले मेसिन खरिद गरेको हो ।

गत असारमै मेसिन खरिद गरिए पनि राख्ने ठाउँ नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन । अस्पतालको निर्माणाधीन भवनको एउटा कोठामा मेसिन राखेर सेवा सुरु गरिएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए । विपन्न नागरिकले सहज र सुलभ मूल्यमा सिटी स्क्यान सेवा पाउने डा. पाण्डेयले बताए ।

सुदूरपश्चिममा सरकारी अस्पतालमा सिटी स्क्यानको सुविधा छैन । सरकारी अस्पतालमा सेवा नहुँदा सिटी स्क्यान गर्नुपर्ने बिरामीले महँगो मूल्य तिरेर निजी अस्पताल वा नेपालगन्ज, काठमाडौं र सीमावर्ती भारतीय सहरमा जानुपर्ने बाध्यता छ । सेतीमा जडान गरिएको सिटी स्क्यान मेसिन अत्याधुनिक भएको अस्पतालले जनाएको छ । एक सय २८ स्लाइस भएको अत्याधुनिक मेसिनबाट बुधबारदेखि सेवा सुरु गरिएको डा. पाण्डेयले बताए ।

 अस्पतालमा दैनिक १०–१५ जना सिटी स्क्यान गर्नुपर्ने बिरामी आउने गरेको उनले जानकारी दिए । मस्तिष्कघातलगायत मस्तिष्कभित्रका चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटी स्क्यान मेसिन उपयोगी हुने डा. पाण्डेयले बताए ।  न्युरोलगायतका सेवा पनि सञ्चालनको तयारी भइरहेको डा. पाण्डेयले जानकारी दिए ।

तुलनात्मक रूपमा बढी उपचार सुविधा र विशेषज्ञ चिकित्सक रहेको सेती प्रादेशिक अस्पताल प्रदेशकै रेफरल अस्पतालको रूपमा रहेको छ । कैलाली, कञ्चनपुरसँगै सुदूरपश्चिमका पहाडी जिल्लाबाट दैनिक सयौँ बिरामी उपचारका लागि सेतीमा पुग्ने गरेका छन् ।  
 

ad
ad