मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १२ मंगलबार ०९:४६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्क्रिन टाइमिङले बढाउँदै छ बालबालिकामा मोटोपन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १२ मंगलबार ०९:४६:००

आजकल सहरी क्षेत्रका धेरैजसो बालबालिका मोटोपनबाट ग्रस्त भइरहेका छन् । यसको मुख्य कारण शारीरिक गतिविधिको कमी हो । किनकि, सहरमा खेल्न जानका लागि पर्याप्त स्पेस छैन । दैनिक व्यस्तताका कारण बालबालिकालाई घुमाउन लैजानका लागि अभिभावकसँग पनि पर्याप्त समय छैन । 

घरमै बस्न बाध्य बालबालिका मोबाइल, टेलिभिजन, ल्यापटप वा आइप्याडमा धेरै झुम्मिन्छन् । यसरी ग्याजेटको अत्यधिक प्रयोग गर्दा मोटोपनसँगै आँखा दुख्नेलगायत अन्य धेरै समस्या देखिन्छन् ।

त्यसैले बालबालिकाको स्क्रिन टाइमिङ कम गर्नुपर्छ । बरु, उनीहरूलाई समय–समयमा खेल्नका लागि बाहिर जान प्रेरित गर्नुपर्छ । खेल्ने, कुद्ने र उफ्रने कार्यले तौल नियन्त्रण गर्छ । उनीहरूको मानसिक स्वास्थ्यमा फाइदा पुग्छ ।