मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १२ मंगलबार o८:५६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्ववियु चुनावमा भाग लिन विद्यार्थी संगठन तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार o८:५६:oo

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा होमिन विद्यार्थी संघ–संगठन तयार देखिएका छन् । त्रिभुवन विश्वविद्यालयका अधिकारीसँग सोमबारको छलफलमा विद्यार्थी संघ–संगठनहरूले आफ्ना केही असहमति रहे पनि यसपटक जुनसुकै हालतमा स्ववियु चुनाव गर्नुपर्ने पक्षमा रहेको बताएका हुन् । 

पछिल्लोपटक ०६५ मा त्रिविका सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव भएको थियो । ०७३ मा केही क्याम्पसमा चुनाव भए पनि ती क्याम्पसमा तेस्रोपटक चुनाव हुनुपर्ने समय गुज्रिसक्दासमेत स्ववियु बनेको छैन । 

विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीले आगामी १४ फागुनदेखि १४ चैतभित्र स्ववियु चुनाव गर्नुपर्नेमा विद्यार्थीहरू एकमत भएको बताए । ‘विद्यार्थी संगठनहरूले सकेसम्म १४ फागुन र सम्भव नभए १४ चैतभित्र जसरी पनि स्ववियु चुनाव गर्नुपर्छ भनेका छन्,’ उनले भने, ‘विश्वविद्यालयमा भर्ना, परीक्षालगायतलाई हेर्दा डिन तथा परीक्षा नियन्त्रकबीच छलफल हुँदा २८ फागुन उपयुक्त देखिएको छ, हामीले त्यही प्रस्ताव गरेका छौँ ।’

छलफलमा ठूला तथा साना दल निकटका विद्यार्थी संगठनको उपस्थिति थियो । निर्देशनालयले विद्यार्थी कल्याण परिषद्को बैठकबाट निर्णय गरी २८ फागुनमा चुनावका लागि कार्यकारी परिषद्मा प्रस्ताव पठाउने तयारी गरेको छ । कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरेपछि स्ववियुका कार्यक्रम तय हुनेछन् ।