१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Friday, 09 May, 2025
२o७९ पौष १० आइतबार २o:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था चिन्ताजनक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार २o:२७:oo

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य नाजुक बन्दै गएको छ। गत नोभेम्बरदेखि अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत पेलेको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि परिवारका सदस्य अस्पतालमा भेला भएका छन्। 

ब्राजिललाई तीनपटक विश्वकप जिताएका ८२ वर्षीय महान् खेलाडी पेले क्यान्सरसँग जुधिरहेका छन्। चिकित्सकहरूले गत हप्ताको प्रारम्भदेखि क्यान्सर बढेको बताएका छन्। साथै, पछिल्लाे समय मिर्गौला र मुटुमा समेत समस्या देखिएको छ। अस्पतालले उनको पछिल्लो स्वास्थ्यस्थितिबारे सूचना सार्वजनिक गरेको छैन। 

पेलेका छोरा एड्सन चोल्बी नासिमेन्टो पनि अस्पताल आइपुगेका छन्। दक्षिणी ब्राजिलको एक फुटबल क्लबका लागि काम गर्ने एडिन्होले डाक्टरहरूले मात्र आफ्नो बुबालाई मद्दत गर्न सक्ने बताए। यस्तै, पेलेकी छोरी केली नासिमेन्टोले आफ्ना बाबुको समीप आफू र एडिन्हा बसेको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी छिन्।