१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २० बुधबार ०८:२६:००
Read Time : < 1 मिनेट
सप्तरंग

चाँडै विवाह गर्न चाहन्छिन् सोनाक्षी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २० बुधबार ०८:२६:००

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले आफ्नो आउन लागेको फिल्म ‘कलंक’का कारण समाचारको विषय बनिरहेकी छिन् । हालै फिल्मको शीर्ष गीत पनि रिलिज भएको छ । गीतलाई दर्शकले पनि निकै माया गरेका छन् । फिल्मको प्रमोसनका लागि सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्ट लागिपरेका छन् । 

हालै यी तीन कलाकार एक टिभी रियालिटी सोमा पुगेका थिए । सोमा होस्टले वरुण, आलिया र सोनाक्षीको प्रेम जीवन र विवाहलाई लिएर प्रश्न गरेका थिए । होस्टले तीनैजनालाई सोधे कि ‘विवाह कहिले गर्ने ?’ यस प्रश्नमा सोनाक्षीले हाँस्दै भनिन् कि उनी वरुण र आलियाभन्दा पनि चाँडो विवाह गर्न चाहन्छिन् ।

सोनाक्षीले भनेकी छिन्, ‘म विवाहका लागि तयार छु, तर योग्य वर भेटिरहेकी छैनँ, जसलाई म जीवनसाथी बनाउन सकूँ ।’ केही समयअघि खबर आएको थियो कि सोनाक्षी ‘नोटबुक’ फिल्मका अभिनेता जाहिर इकबलसँग प्रेमसम्बन्धमा छिन् । तर, सोनाक्षीले जाहिरको साथमा आफ्नो सम्बन्धलाई लिएर केही बताएकी छैनन् ।

सोनाक्षीको फिल्म ‘कलंक’ मल्टी स्टारर फिल्म हो । फिल्ममा सोनाक्षी, आलिया, वरुण धवन, आदित्य राय कपुर, सञ्जय दत्त र माधुरी दीक्षितलगायत कलाकार रहेका छन् । फिल्मको निर्देशन अभिषेक बर्माले गरेका हुन् ।