१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भृकुटीमण्डपमा जारी बृहत् जुत्ताचप्पल मेलामा ७० प्रतिशतसम्म छुट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:o९:oo

नेपालका ख्यातिप्राप्त ब्रान्डहरूले काठमाडौंको भृकुटीमण्डपस्थित सानो चौरमा गरिरहेको बृहत् जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको भिड थामिनसक्नु हुँदै गएको छ । जाडो यामलाई लक्षित गरी आयोजना गरिएको उक्त मेलामा बलियो, आकर्षण डिजाइनका जुत्ताचप्पल सस्तो सुलभ मूल्यमा उपलब्ध गराएकाले ग्राहकहरू भिड लाग्दै गएको  आयोजकको दाबी छ । 

लगाउन हल्का, लचकदार नेपाली जुत्ताहरू भएकोले किन्न आउने ग्राहकको रोजाइमा पर्ने गरेको छ । भृकुटीमण्डपको प्रवेशद्वार छिर्नेबित्तिकैको सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्रान्ड शिखर शुज, हाइलाइफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज, पिजी सुज, बेम्बो सुज र हिमानी कलेक्सनको सहभागिता रहेको  छ ।

एउटै छानामुनि उत्कृष्ट ब्रान्डका जुत्ताचप्पल उपभोक्ताले छानी–छानी किन्न पाउनुका साथै हरेक ब्रान्डका जुत्तामा कम्तीमा ६ महिनाको वारेन्टी दिइएको आयोजकको भनाइ छ । ती जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेलाका आयोजक बेम्बोसुजका सविन कार्कीले बताए । उपभोक्ताले खोजेका हरेक भेराइटीका जुत्ताचप्पल मेलामा उपलब्ध गराइएको उनले जानकारी दिए ।

मेला लाग्ने दिन छोट्टिएसँगै सस्तोमा बलियो, आकर्षक डिजाइनका जुत्ताचप्पल किन्ने ग्राहकहरको भिड दिन प्रतिदिन बढ्दै गएको आयोजकले बताएको छ । मेला पुस १९ गतेसम्म चल्नेछ ।

ad
ad