१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महेन्द्रराय यादवले भोलि शपथ लिने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o८:oo

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्रराय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको हो।

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन्। सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा २७० सांसदले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित थिए। आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छन्। खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथग्रहण समारोहमा सहभागी हुन नसकेकाे संसद् सचिवालयले जनाएको छ।

ad
ad