१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १५:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक दुई जहाज अवतरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:३९:oo

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरु गरिएको छ। विमानस्थलमा आज यती एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए। यस्तै, दिउँसो ३ बजेर ६ मिनेटमा बुध्द एयरकाे जहाज पनि विमानस्थलमा  अवतरण गरेको बर्तौलाले बताए। 

‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतीले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरूले विमानस्थल प्राविधिक रूपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ,’ उनले भने।

विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रूपमा विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएको र अवतरण पनि सहज भएको बताए। विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ। 

ad
ad